Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं  – चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

typhus_disease

महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको हो ।

संक्रमित मुसाको रगत र स्क्रब टाइफस रोग लागेका बिरामी र उनीहरुको वरपरका मानिसको रगत परीक्षणका लागि सोमबार प्रयोगशाला पठाउने तयारी छ ।

जनस्वास्थ्य अधिकृत लामिछानेले काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोटेश्वरमा रहेको प्रयोगशालामा रगतको नमूना परीक्षण हुने बताउनुभयो ।

स्क्रब टाइफसका कारण यो वर्ष सात जनाको ज्यान गइसकेको छ । २३९ जना बिरामी छन् ।

स्क्रब टाइफस रोग चितवनमा धेरै देखिएको छ । संक्रमित दुई सय ३९ जनामध्ये एक सय ९९ जना चितवनका छन् । अध्ययन टोलीले रोग प्रभावित चितवनका ७० जनाको रगतको नमूना लिएको छ ।  स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गरिएको हो । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा विशेष गरी अध्ययन भइरहेको जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो ।

लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सुरुवा रोग अस्पताल टेकु र जनस्वास्थ्य कार्यालयका विज्ञसहितको टोलीले अध्ययन गरिरहेको हो ।  स्क्रब टाइफसको सङ्क्रमण ३२ जिल्लामा देखिएको छ । चितवनमा अध्ययन सकेपछि अरु जिल्लामा पनि थाल्ने तयारी छ ।

तपाईको प्रतिक्रिया