Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – रियो पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा १ सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनामा पुछारमा रहे । उनी भन्दापछि रहेका २ जना खेलाडीले भने दौड नै पुरा गरेनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

bikram-rana

विक्रमले निर्धारित दूरी १३ दशमलव ०२ सेकेण्डमा पूरा गरेका थिए । जुन चार वर्षअघि लण्डनमा गरेको प्रदर्शनभन्दा खराब हो । ११ दशमलव ७० सेकण्डको समय निकाल्ने खेलाडी दोश्रो चरणमा प्रवेश गरेका थिए ।

बैतडीका ३७ वर्षे रानाले चार वर्षअघि लण्डन ओलम्पिकमा २ वटा स्पर्धामा भाग लिएका थिए । उनले लण्डनमा १ सय मिटर दूरी १२ दशमलव ८१ सेकेण्डमा र २ सय मिटर दूरी २६ दशमलव ९५ सेकेण्डमा पूरा गर्दै दक्षिण एशियाली कीर्तिमान कायम गरेका थिए ।

द्वन्द्वका क्रममा आँखा गुमाएका उनी दृष्टिविहिन क्रिकेट खेलाडी पनि हुन् । राना नेपाली सेनामा आवद्ध छन् । दुई जना खेलाडीका साथमा २१ जना पदाधिकारी पाराओलम्पिकमा भाग लिन रियो पुगेका छन् ।

पाराओलम्पिकमा अब पौडीमा लक्ष्मी कुँवरले खेल्न बाँकी छ । उनले आउँदो शनिबार १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया