Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ । शारीरिकरुपमा अशक्त भएपनि अनवरतरुपमा समकालीन नेपाली साहित्य सिर्जनामा लाग्दै आएकी घिमिरेलाई विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

jhamak

आज काठमाडौंमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले झमक घिमिरे नेपाली साहित्यकी एउटा अद्भूद पात्र भएको भन्दै उहाँको साहित्यिक योगदानलाई मध्यपश्चिम विश्वविद्यालयले कदर गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुलाई शिक्षाको नाममा बेरोजगार जन्माउने थलोकोरुपमा विकास नगर्न आग्रह गर्नुभयो ।

मानार्थ विद्यावारिधिबाट सम्मानित झमक घिमिरेले औपचारिक शिक्षा लिनुभएको छैन् । बोल्न, हिँड्न नसक्ने तथा राम्रोसँग हातसमेत चलाउन नसक्ने घिमिरेका खुट्टाको औंलाले कलम च्यापेर लेखिएका दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया