Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

Motiram Bhattaकाठमाडाैँ – युवक कवि मोतीराम भट्टको एक सय ५१ औं जन्मजयन्तीका अवसरमा ३० स्रष्टाले गजल वाचन गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा काठमाडाैँमा आज आयोजित ‘समकालीन नेपाली गजलका प्रवृत्तिहरु’ विषयको गोष्ठी तथा गजल वाचन कार्यक्रममा विजय सुब्बा, धीरेन्द्र प्रेमर्षि, बलराम तिमल्सिना, गोपाल अश्क, देवी नेपाल, करुण थापा, तपेन्द्र घोरासैनी, शीतल कादम्बिनी, भावना पाठक आदिले गजल वाचन गर्नुभयो । अधिकांशले माया–प्रेम, मिलन–बिछोड, अमर प्रेमका गाथासम्बन्धी विषयमा गजल वाचन गरे भने कतिपयले राष्ट्रियता, भौगोलिक एकता, प्राकृतिक सौन्दर्य, युवा र बेरोजगार, जीवन सङ्घर्ष, द्वन्द्व र शान्ति तथा सामाजिक र राजनीतिक विषय समेटेका थिए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे, मातृ भाषा विभाग प्रमुख श्रवण मुकारुङ लगायतले युवक कवि भट्टले आदिकवि भानुभक्त आचार्यको प्रतिभालाई जनतासम्म ल्याएर नेपाली भाषाको श्रीवृद्धिमा टेवा पुर्याएको बताउनुभयो ।

त्यस्तै समसामयिक नेपाली गजल (विसं २०४६ यताका गजल)बारे कार्यपत्र प्रस्तुत गर्दै नेत्र एटमले शृङ्गारिकभन्दा व्यङ्ग्यात्मक गजल शक्तिशाली भएको आफूले पाएको बताउनुभयो कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ गीतकार डा कृष्णहरि बरालले समसामयिक भनेर ४६ सालपछिका भनिए पनि कार्यपत्रमा २०६० पछिका गजल मात्र समेटिएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार दीपक जङ्गम र ‘आगमन’ गजलसङ्ग्रहका रचनाकार वासुदेव पाण्डेय ‘प्रभाकर’लाई ‘मोतीराम सेतुराम गजल पुरस्कार –२०७३’द्वारा सम्मान गरिएको थियो । उहाँहरुलाई जनही रु पाँच हजार प्रदान गरियो । सो पुरस्कारको स्थापना डा माधवप्रसाद बरालले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया