Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं, भदौ १५ – राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ ।  प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

Sports council

कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्राप्त गरे । प्राविधिकको सर्वोत्कृष्ट परिषद सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बाँके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए ।

सम्मानित हुने खेल पत्रकारहरुमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह राउत, नयाँ पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी रहेका छन् । वार्षिक उत्सवको अवसरमा राखेपले २५ वर्ष सेवा पूरा गरेका ११ कर्मचारीलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पार गरेका १ सय ३६ जनालाई परिषद् सेवा पदकबाट विभूषित गरेको छ ।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य–सचिव केशकुमार विष्ट, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कृत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताउँदै काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने नीतिलाई संगसंगै लिएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

सदस्य–सचिव विष्टले अहिले आफ्नो अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउदै यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।राखेपले आफ्नो ५३ औं वार्षिकोत्सव का अवसरमा यो वर्ष कर्मचारी र पत्रकारलाई पुरस्कृत गर्नुका साथै दीपावली, रक्तदानलगायतका तीनदिने कार्यक्रम आयोजना गरेको  थियो । वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा ५ विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए । २०२१ सालमा तत्कालिन राष्ट्रिय पञ्चायतबाट खेलकुद ऐन पारित भएपछि औपचारिक रुपमा राखेपको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया