Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

jornee

सिभिल अस्पतालका सिनियर कन्सल्ट्यान्ट सर्जन तथा अर्थोपेडिक विभाग प्रमुख प्रा डा दीर्घराज आरसी भन्नुहुन्छ – “जोर्नीमा चोटपटक लागेर, सङ्क्रमण भएर पनि विस्तारै जोर्नी खिइँदै जान्छ भने जन्मजात जोर्नी बिग्रिएर पनि जोर्नी खिइने हुन्छ ।” उहाँका अनुसार यसलाई ‘प्राइमरी कम्प्लेक्समेन्ट’ भनिन्छ । शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यस प्रकारको खियाइलाई ‘इन्फ्लामेन्ट्री आर्थराइटिस’ भनिन्छ ।

वीर अस्पतालका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा डा श्रीकृष्ण गिरी बाथका कारण, स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइने बताउनुहुन्छ । कहिलेकाहीँ जोर्नीमा हुने विभिन्न सङ्क्रमण (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइने उहाँको भनाइ छ ।

डा गिरीले भन्नुभयो – ‘‘उमेर बढ्दै गएपछि विस्तारै जोर्नी कमजोर हुँदै जाने भए पनि जोर्नी खिइने कुनै उमेर हुँदैन । अहिले कम व्यायाम, असन्तुलित खानपानका कारण क्याल्सियमको कमी जस्ता दैनिक आचरणका कारणले पनि जोर्नी खिइने समस्या बढेको छ ।’’ जोर्नी खिइने समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ – “अधिकांश महिलामा ३०÷४० वर्षपछि नै जोर्नीको समस्या देखापर्ने गरेको पाइन्छ । हर्मोनको कारणले पनि महिलामा बढी समस्या देखिन्छ ।”

डा विप्लव सापकोटा घरको काम गर्दा महिलामा शरीरको जोर्नी बढी चल्ने, काम गर्दा बढी दबाब पर्न जाने भएकाले पुरुषको तुलनामा महिलामा बढी समस्या देखिने भए पनि पुरुषहरु पनि उत्तिकै पीडित हुने गरेको बताउनुहुन्छ । डा. सापकोटाका अनुसार जोर्नी खिइएको छ भने शरीरको विभिन्न स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलेँटी मारेर बस्न सक्दैनन् । भूइँमा थ्याच्च बस्न पनि नसक्ने, दिसा गर्न बस्दा दुखेको महसुस हुने, घुँडाको जोर्नी खिइएको व्यक्तिलाई उकालो–ओरालो गर्दा निकै गाह्रो हुन्छ ।

जोर्नी खिइने चार चरण हुन्छन् । खियाइ कुन चरणमा पुगेको छ त्यो हाडजोर्नी विशेषज्ञलाई देखाएपछि मात्र थाहा हुन्छ । चिकित्सकले पहिलो र दोस्रोचरणको खिइएका बिरामीलाई औषधि दिने, नियमित व्यायाम गराउने र शरीरको तौललाई नियन्त्रण गर्न सल्लाह दिने गरेका छन् । दुई चरणको अवस्थामा यस्तै केही औषधि सेवन गर्ने, फलफूल, भिटामिन ‘डी’ र प्रोटिनयुक्त खानेकुरा बढी खानुपर्ने चिकित्सक बताउँछन् । आफ्नो तौल नियन्त्रणमा राख्ने, व्यायाम गर्ने, क्याल्सियमयुक्त खानेकुरा बढी खाने गर्नाले जोर्नी खिइने सम्भावनालाई कम गर्छ ।

तेस्रो र चौथो चरण जोर्नी खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने उपचारको प्रक्रियामा फरक ढङ्गले अगाडि बढ्नुपर्ने डा आरसीको भनाइ छ । यो चरणमा पुग्दा जोर्नी खिइएर काम नगर्ने अवस्थामा पुगिसकेको छ भने जोर्नी नै फेर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले जोर्नी खिइएर काम नगर्ने अवस्थामा जोर्नी फेर्ने सेवा नेपालमा उपलब्ध छ । जोर्नी फेर्न नेपालमा सरकारी अस्पतालमा रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरी बताउनुहुन्छ । हाल यो सेवा सिभिल र वीर अस्पतालको ट्रमा सेन्टरमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया