Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

इटहरी – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ ।
प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले सो कुरा स्पष्ट पार्नुहुँदै अहिले नेपालले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितासँगै सन २०१८ मा नेपालले आयोजना गर्ने १३ औं साफको पनि तयारीमा जुटेको जानकारी दिनुभयो । दुई पटकसम्म विविध कारणले साताँै खेलकुद आयोजनाको मिति तोकिएपछि पनि मिति सार्नु परेको दुःखद् अवस्थालाई चिर्दै अब पूर्वाञ्चलमा पहिलो र अन्तिम पटक सातौँ खेलकुद प्रतियोगिता हुन लागेको हो भन्नुहुँदै सदस्य सचिव विष्टले अब प्रदेशका रुपमा खेलकुद आयोजना हुन सक्ने बताउनुभयो ।
अहिलेको संरचनाअनुसार मेचीका झापा र इलाम, कोसीको सुनसरी र मोरङ तथा सगरमाथाका सप्तरी र सिरहा जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने ३५ खेलको प्रतियोगिता हुनेमा पहिले नै तीन खेल स्वीमिङ, ट्रायथोलन र शारीरिक सुगठनका राष्ट्रिय प्रतियोगिता भइसकेको पनि सदस्य सचिव विष्टले जानकारी गराउनुभयो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मोरङमा ११ वटा सुनसरीमा १३ वटा झापा पाँच वटा सिरहा र सप्तरी तथा इलाममा १–१ गरी जम्मा ३२ खेलको प्रतियोगिता सञ्चालनमा रहने छन् ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि रु ३७ करोड ६८ लाख आवश्यक पर्ने सरकारसँग प्रस्ताव गरिसकिएको जानकारी दिनुहुँदै सदस्य सचिव विष्टले खेलमा समावेश हुने ३२ खेलका खेलाडी अफिसियल कर्मचारी प्रशिक्षकलगायत गरी छ हजार २८३ जनाको सहभागिता रहने प्रारम्भिक आँकडा पनि दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया