Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – भारतको अमृतसरको एक अस्पतालमा एकजना बिरामीको पेटबाट ४० ओटा चक्कु निकालिएको छ ।पेट दुखेर अस्पताल भर्ना भएका ४२ वर्षीय बिरामीको सिटी स्क्यानपछि उनको पेटभित्र ‘फोल्ड’ गर्न मिल्ने ४० ओटा चक्कु रहेको पत्ता लागेको थियो ।

knife

चक्कुको लम्बाई सात इन्चसम्मका छन् । बिरामीले फलामलगायतका धातु खाने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मानसिक रोगबाट पीडित रहेका बिरामीले आफूलाई धारिलो धातु खान मनपर्ने र यस कुरालाई अरुबाट लुकाएको बताएका छन् । बिस्तारै धारिलो धातु खाने बानी परेको उनले बताएका छन् ।

चिकित्सकहरुले पाँचघन्टा लामो अपरेसनपछि पेटभित्रका सबै चक्कु निकाल्न सफल भएका छन् । यसरी निकालिएका चक्कुहरु केही फोल्ड नगरिएका, कुनै भाँचिएका र केहीमा खिया लागेको थियो ।

बिरामीको अवस्था अहिले सुधारोन्मुख रहेको ‘सीएनएन’ले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया