Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

Bimochan 1काठमाडौँ – अध्यात्म चिन्तक यज्ञराज ज्ञवालीद्वारा लिखित तीन कृति आज सार्वजनिक गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले अाज आयोजना गरेको कार्यक्रममा ज्ञवालीका ‘देवदर्शन’, ‘हाम्रो धार्मिक आस्था’ र ‘प्रतिविम्ब’ पुस्तक शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्दै नेपालको सनातन धर्मको मर्मलाई भुल्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा लेखक ज्ञवालीले पुस्तकले आफू बस्ने समाज र बदलिँदो विश्व परिवेशमा आएको परिवर्तनलाई अँगालेको बताउनुभयो ।

पुस्तक ‘हाम्रो धार्मिक आस्था’ माथि टिप्पणी गर्दै प्रा. डा. वेणीमाधव ढकालले धर्मका पुण्य, स्वभाव, कर्तव्य आदि स्वरुप रहेको बताउनुभयो । कृतिबाट सामान्य मानिसहरुले पनि परम्परागत चाडपर्व मनाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । ‘देवदर्शन’ पुस्तकको समीक्षा गर्दै प्रा. डा. दुर्गाप्रसाद अर्यालले नेपाल र भारतका विभिन्न तीर्थस्थलमा तीर्थाटनका क्रममा लिएको जानकारीलाई प्रस्तुत गरिएकाले पुस्तकले ती पवित्र धामका बारेमा प्रशस्त जानकारी दिने बताउनुभयो ।

यस्तै ‘प्रतिविम्ब’ पुस्तकबारे टिप्पणी गर्दै डा. भागवत ढकालले पुस्तकले नेपाली राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक विषयवस्तुको यथार्थ चित्रण गरेको बताउनु भयाे ।

Bimochan 3

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपाध्यक्ष यादव भट्टराई, संरक्षक सूब सेन, सल्लाहकार रामप्रसाद दाहाल र ठाकुर शर्माले धर्मलाई सेवासँग जोड्नुपर्ने र आफूले आफैँलाई जित्नुपर्ने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया