Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।

१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस्वतीले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमलब ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । एथ्लेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि शुक्रबार ओलम्पिकमा भाग लिन नेपाली तेक्वान्दो टोली ब्राजिल गयो । ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै्छिन् । भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छिन् । उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।

संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् । जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गरेका छैनन् ।

नेपालबाट पौडीवाज शिरिष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपुल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया