Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
मंगलबार राति करिब १० बजे सम्पन्न १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७।७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।
यता, आर्चरी (धनुकाँड) खेलमा भने नेपालका जितबहादुर मोक्तान पराजित भएका छन् ।
सत्तरी मिटरको आर्चरीको व्यक्तिगत प्रतिस्पर्धाको ‘राउण्ड अफ ६४’ मा मकवानपुरका ३६ वर्षीय मोक्तान भारतका अतुन दाससँग पराजित हुँदैै प्रतियोगिताबाट बाहिरिए । मोक्तान सबै छ सेटमा नै पराजित हुन पुगे । यसअघि शनिबार भएको खेलमा मोक्तान ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए । त्यस्तै भारतका अतानु यसअघिको खेलमा ६८३ स्कोर जोड्दै पाँचौँ स्थानमा थिए ।
गत वर्ष थाइल्याण्डको राजधानी बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण उनलाई अन्तर्राष्ट्रिय आर्चरी महासङ्घले ओलम्पिक खेल्न ‘वाइल्ड कार्ड’ दिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया