काठमाडौं – धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७.२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । आज चारवटा समूहको सेयर घटेको छ भने तीन समूहको सेयर भने बढेको छ, एक कम्पनीको सेयरमा भने कुनै परिवर्तन आएको छैन ।
होटल समूह ०.२, विकास बैंक ०.२२, फाइनान्स ०.०७ र अन्य समूह २.१८ प्रतिशतले सेयर कारोबारमा कमी आएको छ भने बैंक ०.४४, बिमा ०.६८, उत्पादन ३.२१ र जलविद्युत् समूहको सेयर भने स्थिर रहेको छ । धितोपत्र बजारमा कालो धनको चलखेल भइरहेको भन्दै चर्को आलोचना भएपछि बजार घट्ने क्रम सुरु भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतवार साउन २३, २०७३
प्रकाशित समय: २१:१२:३२