Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाै – साहित्यकारले मुलुकको राष्ट्रियता संरक्षणका लागि रचनामा राष्ट्रियताका स्वरहरु उठाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा राष्ट्रियताका पक्षधरसँग साहित्यकारको सहकार्य हुन जरुरी रहेको औँल्याइएको छ ।

पोलिटब्युरो सदस्य एवम् केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले नेपाली भूमिको रक्षाका लागि स्रष्टाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रगतिवादी समालोचक अशोक सुवेदी, प्रगतिवादी कवि पूर्णविराम तथा कवि सरला रेग्मी, अमृता स्मृति, चिरन पुन, निभा शाह, अशोक कुँवर ‘नेत्र’, मोहनलाल घिसिङ, केशव सिलवाल, गणेश बोहोरा, रघु अधिकारी, पुण्य गौतम ‘विश्वास’, ढुण्डीराज अधिकारी, आरोह नेपाली, दिनेश सङ्ग्रौला, केवल विनावी, अर्जुन कटुवाल, राजु स्याङ्तान, ज्ञानबहादुर खड्का, जीवन हमाल, मुक्तान थेवा, झनक श्रेष्ठ, सन्तोष बुढालगायतले कविता वाचन गर्नुभयो ।

उहाँहरुले कविता तथा गीतका माध्यमबाट राष्ट्रिय एकताका लागि लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा कृष्ण सेन ‘इच्छुक’ लगायतका कवितासमेत वाचन गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया