Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

IMG_7699टोकियो – बहुप्रतिक्षित नेपाल फेस्टिवल आज टोकियोको योयोगी पार्कमा सुरु भएको छ । दुई दिवसीय फेस्टिवलको जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, जापानको परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एशिया हेर्ने अधिकारी आरियोसी ताकासी, नेपालका लागि पूर्व जापानी राजदूतद्वय कोजिमा र ताकाहासी कुनियो, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिकका संयोजक किरणविक्रम थापा, एनआरएन जापानका अध्यक्षसमेत रहेका फेस्टिवल संयोजक सुदन थापा लगायतले संयुक्तरुपमा रिबन काटेर उदघाटन गरेका थिए ।

नेपाल जापान दुई देश बिचको कूटनैतिक सम्बन्धको ६० औं वर्षा गांठ समेत परेको यस वर्षको नेपाल फेस्टिबल थप उल्लासमय वातावरणमा बिशेषरुपले मनाउन लागिएको हो ।

सो अवसरमा बोल्दै कार्यबाहक राजदूत अर्यालले नेपालको बिकासमा जापानले खेल्दै आएको भूमिकाका लागि र भूकम्पका बेला गरेको सहयोगप्रति जापान सरकार र जापानी जनताप्रति धन्यबाद ब्यक्त गरे । उदघाटन समारोहमा परराष्ट्र मन्त्रालयका ताकासी, नेपालका लागि पूर्व जापानी राजदूतद्वय कोजिमा र ताकाहासी, एनआरएन आइसीसीका उपाध्यक्ष भट्ट, एशिया प्यासिफिकका संयोजक थापा लगायतले फेस्टिवलको सफलताको कामना गरे ।

यसैगरी फेस्टिवल समुदघाटन समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष अरुण श्रेष्ठ, नेपाली प्रवासी मञ्चका अध्यक्ष कृष्ण खड्का, प्रवासी नेपाली संघका अध्यक्ष रघुदिप खड्का र नेपाली जनसम्पर्क समितिका अध्यक्ष नारायन सुबेदी लगायतले पनि फेस्टिवल सफलताको कामना गर्दै यस्ता फेस्टिवलहरु मार्फत जापानमा नेपालको बारेमा यथेष्ट प्रचारप्रसार गरी पर्यटन प्रबर्धनमा टेवा पुर्‍याउन सक्नुपर्ने धारणा ब्यक्त गरे ।

समुदघाटन समारोहको समापन मन्तब्य राख्दै एनआरएन जापानका अध्यक्ष तथा फेस्टिवल आयोजक समितिका संयोजक सुदन थापाले नेपाल चिनाउने अभियानकारुपमा जापानका नेपालीहरुले गर्बानुभूति गर्न लायकको यस महामेला कार्यक्रमबाट पर्यटन प्रबर्द्धन संगै मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन सकिने बिश्वास ब्यक्त गरे । उनले यस महामेला कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैमा एकमुष्ट धन्यबाद पनि ब्यक्त गरे ।

फेस्टिवलमा एभरेष्ट इन्टर्नेशनल स्कुलका विद्यार्थीहरुको नृत्य, घुम्टे नौमती बाजाको पञ्चे बाजा, वर्ल्ड नेवा अर्गनाइजेशनको लाखे तथा झाँकी, जनजाति महासंघको धिमे नाच लगायतका नेपाली सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । यसैगरी नमस्ते ब्याण्डको साँगीतिक प्रस्तुतीका साथै अन्य कलाकारहरुको लोकभजन, मारुनी नाच, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुतीहरुले फेस्टिवल अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

टाढा टाढाबाट आएका नेपाली तथा जापानी फेस्टिवल अवलोकनकर्ताहरुले टण्टलापुर चर्को घामको समेत प्रवाह नगरी रंगमञ्चका प्रस्तुतीहरु बडो अभिरुचीपूर्वक हेरेका थिए ।

नेपाली सेवा तथा उत्पादनका स्टलहरु, स्वादिष्ट नेपाली परिकार पाइने भोजनालयहरुले भरिभराउ बनेको फेस्टिवल स्थल नेपालमय भएको थियो । फेस्टिवलको दोस्रो दिन भोलि आइतवार पनि बिभिन्न कार्यक्रमहरु आयोजित छन् । जापानका नेपालीहरुको सबैभन्दा ठूलो र साझा कार्यक्रमकारुपमा बिगत ९ वर्षदेखि अगस्त, सेप्टेम्वर महिनातिर नेपाल फेस्टिवल आयोजना हुँदै आईरहेको छ । हिबिया पार्क, उएनो पार्क, योयोगी पार्क जापानमा नेपालीहरुले फेस्टिवल गर्ने स्थलकारुपमा परिचित छन् ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया