Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलमा हुँदैछ । नेपाली समय अनुसार भने शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्रतियोगिता ब्राजिलको रियी दि जेनेरियोमा हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालबाट आर्चरीका जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् ।

rio

आर्चरी खेल बेलुकी पौने ६ बजेदेखि हुनेछ । रियो ओलम्पिकमा पौडी प्रतियोगिता अन्तर्गत आइतबार एक सय मिटर ब्याकस्ट्रोकमा महिलातर्फ नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने्छिन् । उनी ओलम्पिक प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी खेलाडी हुन् ।

यस्तै प्रतियोगितामा नेपालकातर्फबाट तेक्वान्दोमा निशा रावल, पौडी प्रतियोगिताको पुरुषतर्फ शिरीष गुरुङ, एथलेट्किसका हरिकुमार रिमाल र सरस्वती भट्टराईले खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दुई सय सात राष्ट्रका १० हजार ५ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय झण्डा १२ औँ एशियाली खेलकुदमा स्वर्णपदक विजेता फुपूल्हामु खत्रीले बोक्नेछिन् । प्रतियोगितामा नेपालका उनी सहित सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागेका छन् । रियो ओलम्पिकको शुक्रबार राति उद्घाटन हुने भए पनि फुटबलका खेल भने सुरु भइसकेको छ ।

पुरुष फुटबल बिहीबारदेखि सुरु भएको हो भने महिला फुटबल ओलम्पिक उद्घाटन हुनु २ दिन अघि नै सुरु भएको हो । रियो प्रतियोगिताको सुरक्षाका लागि ८५ हजार जना सुरक्षाकर्मी खटिएका छन् । प्रतियोगिता हेर्न बाहिरी देशका ५ लाख मानिस प्रतियोगिता स्थल पुग्ने अनुमान गरिएको छ ।

ओलम्पिकका लागि ७ करोड ५० लाख टिकटको व्यवस्था गरिएको छ । यस्तै संयुक्त राष्ट्र संघका महासचिव वान की मुन पनि उद्घाटन समारोहमा सहभागि हुनु हुनेछ । उहाँले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने शरणार्थी खेलाडीसँग पनि भेट्ने कार्यक्रम छ । रियो ओलम्पिकमा १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया