Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

1470325108048_RoS_KTM_160804_IMG_6168काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार पदबहाली गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्री श्रीपाइलीले आफूले युवा र खेलकुद क्षेत्रमा केही नयाँ काम गर्न चाहेको बताउँदै भन्नुभयो, ‘खेलकुद बृहत् क्षेत्र हो, यसले सिङ्गै युवाको प्रतिनिधित्व गरेको हुन्छ, त्यसैले म यस क्षेत्रलाई नै नयाँ सन्देश दिने किसिमको काम गर्न चाहन्छु ।’ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रीपाइली पहिलोपटक मन्त्री बन्नुभएको हो । वि सं २०२६ मा रुकुममा जन्मनुभएका उहाँ सोही जिल्लाबाट प्रतिनिधित्व गरेका समानुपातिक सांसद हुनुहुन्छ ।

त्यस्तै उहाँ तत्कालीन जनमुक्ति सेना नेपालका पूर्वसहायक डिभिजन कमान्डरसमेत हुनुहुन्थ्यो । त्यसैगरी श्रीपाइली दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पिएलए स्पोर्ट्स क्लबका अध्यक्षसमेत हुनुहुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया