Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

लन्डन – नेपाली राष्ट्रिय क्रिकेटको जर्सी बिक्री गरेर संकलित रकम नेपाली खेलाडीलाई हस्तान्तरण गरिएको छ । नेपाली टोलीका कप्तान पारस खड्कामार्फत क्रिकेट प्लेयर्स एसोसिएसन नेपाललाई कुल १ हजार ९ सय ११ पाउण्ड ७५ पेन्स हस्तान्तरण गरिएको हो ।

paras

एमसीसी भर्सेज नेपाल क्रिकेट खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावासको संयोजनमा गठित मूल समितिले जर्सी बेचेर नेपाली खेलाडीलाई सहयोग प्रदान गरेको हो । गत मंगलबार सांझ नेपालबाट आएका क्रिकेट खेलाडीको सम्मानमा दूतावासमा आयोजित समारोहमा कार्यवाहक राजदूत शरदराज आरन र समितिका आर्थिक संयोजक दीपक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल तथा पिआर व्यवस्थापक फोटो पत्रकार एभरेष्ट गौतमले कप्तान पारस खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

एनआरएनए यूकेका कोषाध्यक्ष समेत रहेका संयोजक श्रेष्ठ र खकुरेलको संयोजनमा नेपालबाट ल्याइएका ६ सय ८० जर्सी बिक्री गरेर सो रकम संकलन गरिएको थियो । ती जर्सी बेलायत ल्याउंदा कुल ४ हजार ९ सय ८८ पाउण्ड २५ पेन्स लागत परेको थियो । जर्सी बिक्रीका लागि संयोजक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल, पिआर व्यवस्थापक एभरेष्ट गौतम र गणेश खड्काले निकै मिहेनत गरेका थिए ।

paras 2

जर्सीको बिक्रीबाट कुल ६ हजार ९ सय पाउण्ड संकलन भएको संयोजक श्रेष्ठले जानकारी दिए । यसरी संकलित कुल रकमबाट खर्च कटाएर बचेको पूरै रकम क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल लागि प्रदान गरिएको श्रेष्ठले बताए ।

बेलायतमा जर्सी बिक्रीका लागि श्रेष्ठको संयोजनमा पशुपति भण्डारी, यादव भण्डारी, डा. कपिल रिजाल, ज्ञाम गुरुङ, जिवन सेन, बीरेन्द्र श्रेष्ठ, कृष्ण तिमिल्सिना, विनोद ज्ञवाली, समिर गुरुङ, सुलभ श्रेष्ठ, ललित न्यौपाने लगायतले सहयोग गरेका थिए । त्यस्तै डार्टफोर्ड नेपाली समाज, वेलिङ फुटबल समूह, पासा पुचः साउथ इष्ट, माया दिदी रेष्टुरेन्ट, चौतारी रेष्टुरेन्ट र नमस्ते रेष्टुरेन्टले पनि जर्सी बिक्रीमा सहयोग पुरयाएको भन्दै संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया