Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

78173289

काठमाडौं- बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो । बेलायतको लण्डनस्थित द इस्टबोउर्ने साफरोन्स् स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेटको क्षतिमा ३०० रनको विशाल स्कोर बनायो । नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ७७ रन तथा ओपनर अनिल मण्डलले ७३ रन बनाए । त्यस्तै शरद भेषवाकर र अर्का अविजित राजु रिजालले ६० रन बनाएपछि नेपालको उच्च स्कोर बनेको हो । अर्का ओपनर सुवास खकुरेल भने मात्र छ रनमा पेवेलियन फर्किएका थिए ।
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४ दशमलव ३ ओभरमै मात्र ११९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई÷दुई तथा शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिएका थिए ।
आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ ।
यसअघि भएका तीन वटै खेलमा जित निकाल्ने क्रममा नेपालले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो भने इन्डियन जिमखानालाई २० रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले पराजित गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया