Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – धितोपत्र बजारमा आज नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार आजदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ । बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझै ३ बजे बन्द हुँदा कुल २२ लाख ७२ हजार ४५ कित्ता सेयर बिक्री भएको छ ।

विभिन्न चार समूहको सेयर उकालो लागेकामा अर्का चारवटै समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह ३.१८, फाइनान्स ०.७१, उत्पादन समूह १.५७ र अन्य समूहको सेयर २.९३ प्रतिशतले बढेको छ । होटल ०.४५, विकास बैंक १.८, जलविद्युत् ०.९४ र बिमा समूहको सेयर ०.५५ प्रतिशतले झरेको छ ।

एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ ।

नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै स्टकले कारोबारको समय एक घन्टा थप गरेको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको मात्रै आज रु १२ करोड ७२ लाख ६३ हजार २९७ को कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता रु ४७६ मा कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया