Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

GFNLकाठमाडौं – गत १३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको नेतृत्वमा युकेमा रहेका विश्वास दीप तिगेला पुनः दोस्रो कार्यकालको लागि चयन भएका छन् । biswas2

अध्यक्षका अर्का प्रत्यासी साहित्यकार खगेन्द्र अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिकै आधारमा निर्वाचन संयोजक डा. कविताराम श्रेष्ठले सन् २०१६ देखि २०१९ का पदाधिकारीहरुको नाम स्काइप भेलामा घोषणा गर्नुभयो । समितिको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी (भारत), उपाध्यक्षद्वयमाः सागर श्रेष्ठ (नेपाल), देंन्जोम साम्पाङ (भुटान अमेरिका) र महासचिवमा डा. लेखनाथ काफ्ले (ताइवान), सचिवमा केदार संकेत (अफगानिस्तान), संगठन सचिव हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिव साबित्रा लुइटेल (इजरायल), आर्थिक सहसचिवः रमेश कडेल (नेपाल) निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमशः गोविन्द्र गौतम (रसिया), यासिन राई (इजरायल), कल्पना पौडेल जिज्ञाशु (इजरायल), दिलिप सागर राई (मलेसिया), राहुल राई बोगिको (भारत मणिपुर), लक्ष्मण न्यौपाने (म्यानमार), विजय हितान मगर (युके), मोहनराज खनाल (म्यानमार), चन्द्र मादेन (हङकङ), नवराज पोख्रेल (रुमानिया), आर.एल. श्रमजीबि (बेल्जियम), अमित राई (कुवेत), नन्दलाल आचार्य (सप्तरी नेपाल), गनिन्द्र विवश (दक्षिण कोरिया), खिरबहादुर पौडेल (साउदी अरेबिया) चयन हुनुभएको छ । त्यस्तैगरि मुक्तक तथा गजल विभाग प्रमुखको रुपमा खगेन्द्र अधिकारी अमृत चयन हुनु भएको छ ।

नेतृत्व घोषणा लगतै निर्वाचन संयोजकले अध्यक्ष तिगेलालाई सपथ खुवाउनुभयो र अध्यक्ष तिगेलाले उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए । नेतृत्व घोषणा पछि विभिन्न स्रष्टाहरुले शुभकामना मन्तब्य राख्नुभयो । साहित्यकार पूर्व राजदूत मुरारीराज शर्मा, समा श्री, डा. मधु माघुर्य, लगायतले अझ प्रगति हुन सकोस भन्नुभयो । पहिलो चरणको कार्यक्रम पश्चात नवनिर्वाचित अध्यक्ष तिगेलाको सभापतित्वमा महासंघ स्थापनाको छैठौ बार्षिकोत्सव, आदिकवि भानुभक्तको १०३ औं जन्मजयन्तिको शुभकामना आदानप्रदान साथै सिर्जना वाचनको कार्यक्रम सम्पन्न भएको थियो ।

कवि शुसिल सुब्बा, नविन रावत, गोविन्द गौतम, कल्पना पौडेल, मुना सिग्देल, सुनिता कन्दङवाराई, सावित्रा लुइटेल, लेखनाथ काफ्ले लगायत एकदर्जन कविहरुले आ-आफ्नो सिर्जना वाचन गरेका थिए भने सुरेन्द्र परदेशीले भानुको बारेमा प्रकाश पारेका थिए ।

अध्यक्ष तिगेलाले अघिल्लो कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै ।साहित्यिक कर्म केवल कथा, कविता जस्ता सिर्जना मात्र लेख्नु नभई परिवर्तित समयअनुकुल समाजलाई डोरयाउदै नेपाली पहिचान बोकेका भारतका नागरिक, बर्माका नागरिक, भुटानका नागरिक, नयाँ केन्द्रहरु हङकङ, युके, अमेरिका, क्यानडा लगायत विश्वभरका नेपाली परिचय भएकाहरुलाई एकैसूत्रमा जोडने काम साहित्य महासंघले गर्दै आएको र यसलाई थप उचाईमा पुरयाउने प्रतिबद्धता जाहेर गरे । नेपाली शब्दलाई राष्ट्रियता र भाषाको नाम बुझिने भएपनि नेपाल बाहिर भारत, म्यानमार र भुटानमा यसलाई जातिको रुपमा बुझ्ने गरेकोले अब परम्परागत ढङ्गले मात्र सोच्नु गलत हुने तर्क राखे । अध्यक्ष तिगेलाले निर्वाचन समितिका संयोजक डा. श्रेष्ठ, सदस्यद्वय डा. मधुमाधुर्य र कविता शर्मालाई पनि धन्यवाद ज्ञापन गर्दै समारोहको विसर्जन गरेका थिए ।

साहित्य महासंघको विश्वभर १७ मुलुकमा २४ शाखा स्थापना भएका छन् । यस महासंघको सन् २०१० को जुलाई १३ का दिन विभिन्न १८ राष्ट्रमा रहेका नेपाली साहित्यकारहरुको सामुहिक सक्रियतामा स्थापना भएको हो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया