Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप २०७३ प्रतियोगिता हुने भएको छ । गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना तयारीबारे जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार प्रतियोगिता साउन १० देखि फुटसल मैदान भैंसेपाटीमा हुने छ । पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको थापाले बताउनुभयो ।

‘खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि थोरै भए पनि सहयोग हुन्छ भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ थापाले पत्रकार सम्मेलनमा भन्नुभयो । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा समावेश हुने टिमले दुई हजार प्रवेश शुल्क तिर्नुपर्ने थापाले बताउनुभयो । प्रवेश फारम खुलिसकेको बताउँदै थापाले खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा पाइने जानकारी दिनुभयो । प्रतियोगिता आगामी साउन १० देखि १२ गतेसम्म चल्नेछ ।

नेपाल प्रेस युनियनका सचिव पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया