Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – सङ्घीय गठबन्धनले संविधान संशोधन लगायत विभिन्न माग राखी जारी राखेको रिले अनशनको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएको छ । morcha

गठबन्धनका तर्फबाट प्रवक्ता ओम गुरुङले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनको माग सुनुवाइ नगर्नु लोकतन्त्र र संविधानकै खिलाफको काम भएको बताइएको छ । विभिन्न २६ बुँदे माग राखी गत जेठ २५ गतेदेखि गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको ३९ दिने ‘रिले अनशन’ को शुक्रवार बत्तिसौँ दिन पूरा भएको जनाइएको छ । अनशनमा विभिन्न राजनीतिक दल सम्बद्ध ३३ जनाको सहभागिता थियो ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत अनशनस्थलमा विविध पहिचान, देशभक्ति तथा जागरणमूलक गीत, कविता, नृत्य प्रस्तुत गरिएका थिए । अनशनस्थलमा नयाँ शक्ति नेपालका नेता रामेश्वर खनाल, सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष सहितका प्रतिनिधि, मधेस समता पार्टी नेपालका अध्यक्ष बेचन मुखिया लगायतले अनशनस्थल खुलामञ्च पुगी आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउनुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया