Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

चौतारा – भोटेकोसी नदीमा मङ्गलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ । बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकप्टरले आज अपराह्न बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तातोपानी र लिपिङ बजारमा उच्च जोखिममा रहेका करिब २०० घरमध्ये अझै करिब डेढ सय घर उच्च जोखिममा छन् । नदीको बहाब बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्था रहे सडक छेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

बाढीले तातोपानी गाविस लार्चा्स्थित सीमा प्रहरी कार्यालय समेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् । त्यहाँ आश्रय लिइरहेकामध्ये ४०÷५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो ।

बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत् खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको प्रजिअ गोकर्णमणि दुवाडीले बताउनुभयो ।

बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्की सडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ । नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्ण रुपमा शून्य भएको छ ।

बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुङ्गे पुल बगाएको थियो । बाढीले माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई क्षति पुरयाउन साथै विद्युत्गृहका साथै चार सवारी साधन बगाएको थियो ।

तपाईको प्रतिक्रिया