Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं –विनियोजन विधेयकअन्तर्गत ऊर्जा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट निवारण र ऊर्जा उत्पादनका लागि दीर्घकालीन योजना अघि सारिएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँले दुई वर्ष्भित्र मुलुकमा शतप्रतिशत ‘लोडसेडिङ’ हटाउँदै ऊर्जा सङ्कट टार्न वैकल्पिक ऊर्जा उत्पादन र विद्युत् आयात गरिएको बताउनुभयो । मन्त्रालयले बग्ने नदीमा भन्दा पनि सङ्कलित पानीमा आधारित जलविद्युत् आयोजनालाई प्राथकिकतामा राखेको बताउँदै उहाँले सञ्चालनमा रहेका ठूला आयोजनाको निर्माणलाई तीव्रता दिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयले दश वर्षमा १० हजार मेघावाट विद्युत् उत्पादन गर्ने उद्देश्य राखी कामअघि बढाएको बताउँदै उहाँले तत्काल ऊर्जा सङ्कट टार्न भारतबाट विद्युत् ल्याइने र पछि बढी उत्पादन भएको विद्युत् त्यही बाटोबाट निर्यात गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री रायमाझीले राष्ट्रिय गौरवका बूढीगण्डकी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनका साथै पर्यटन दृष्टिले समेत महत्वपूर्ण भएको बताउँदै जग्गा अधिग्रहण कार्य भइरहेको जानकारी दिनुभयो ।

वन तथा भू–संरक्षण मन्त्रीको जवाफ
विनियोजन विधेयकअन्तर्गत वन तथा भू–संरक्षण मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै वनमन्त्री अग्निप्रसाद सापकोटाले वैज्ञानिक वन व्यवस्थापन प्रभावकारी रुपमा लागू गरी काठको आपूर्ति बढाइने र वनको अवस्थामा सुधार ल्याइने बताउनुभयो ।

उहाँले वनको वैज्ञानिक व्यवस्थापनबाट काठको आपूर्ति बढाइ भूकम्पपीडितलाई घर निर्माणमा सहुलियतमा काठ उपलब्ध गराइने र विदेशबाट आयातित काठ विस्थापन गरिने बताउनुभयो ।

वनबाट पाइने सेवालाई दिगो बनाइनुका साथै रुपमा वनमा रहेका बुढारुखको कटान तथा वृक्षारोपण गरिने उल्लेख गर्दैै उहाँले वन डढेलो रोकथाममा लाग्ने व्यक्तिलाई पुरस्किृत गरिने जनकारी दिनुभयो ।

तराई– मधेसका लागि पानीको मुहान र वातावरणका क्षेत्रका लागि महत्वपूर्ण वन क्षेत्रका रुपमा रहेको तराई चुरे क्षेत्रका व्यवस्थापनका लागि गुरुयोजना तयार भएको बताउँदै उहाँले अतिक्रमित वनक्षेत्र कुनै पनि हालतमा खाली गराइ वन क्षेत्रको संरक्षण गर्न मन्त्रालय लागेको स्पष्ट पार्नुभयो ।

मन्त्री सापकोटाले राजधानीको जनसङ्ख्यालाई मध्यनजर गरी भक्तपुरमा बहुआयामिक नमुना प्राणी उद्यान बनाउने कार्यको सुरुवात गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया