Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

विराटनगर – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले हाल मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै संयोजक डा भट्टराईले मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि निर्वाचन गराउन सुझाव दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनःलेखन असम्भव रहेको स्पष्ट पार्नुभयो । मधेसको समस्या समाधान नगरी स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन हुन नसक्ने भएकाले संविधान संशोधन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संयोजक डा भट्टराईले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया