Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – बङ्गलादेश विरुद्धको हुने दुई मैत्रिपूर्ण फुटबल खेलका लागि २१ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले प्रशिक्षणमा रहेका २९ खेलाडी मध्येबाट २१ जनाको अन्तिम छनौट गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली टोलीको कप्तानीको जिम्मा स्ट्राइकर अनिल गुरुङलाई दिइएको छ । बिराज महर्जन भने उपकप्तान रहेका छन् ।अखिल नेपाल फुटबलसंघ एन्फाका अनुसार नेपालले बङ्गलादेशसँग यही असार ३१ र साउन २ गते ढाकामा दुई मैत्रिपूर्ण फुटबल खेल्ने छ ।

बङ्गलादेश विरुद्धको मैत्रिपूर्ण खेललाई आगामी नोभेम्बर २ देखि १५ सम्म हुने एएफसी सोलिडारिटी कपको तयारीको रूपमा लिइएको छ ।आज छनोट गरिएका खेलाडीहरुमा ३ गोलकिपर, ९ डिफेण्डर, ५ मिडफिल्डर र ४ स्ट्राइकर छन् । नेपाली टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् ।

छनोट भएका खेलाडीहरुमा
गोलकिपमा किरण कुमार लिम्बु, बिकेश कुथु र विशाल श्रेष्ठ

डिफेण्डरमा बिराज महर्जन, दिनेश राजबंशी, अनन्त तामाङ, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामा

स्ट्राइकरमा नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङ रहेका छन्

तपाईको प्रतिक्रिया