Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कूटनीतिज्ञ र सुरक्षा निकायले गरेको कुराकानी मेल खाए केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ । c gin fing

चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन । यद्यपि आफ्ना कुनै उच्च नेतृत्वले यसै वर्ष (सन् २०१६) नेपाल भ्रमण गर्ने चीनले बताइसकेको आजको कान्तिपुर दैनिकमा खबर छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नुपर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास वैरागी पनि त्यहाँको कुटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्किनुभएको छ ।

नेपालको राजनीतिक अवस्था स्थिर रहेमा आगामी असोजमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने लगभग निश्चित रहेको चिनियाँ सन्देश वैरागीले राजनीतिक नेतृत्वलाई सुनाउनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन केही साताअघि कुनमिङ एक्स्पोमा जाँदा चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गर्नुभएको थियो ।

चीनले आफ्ना कुनै उच्च नेतृत्वले नेपाल भ्रमण गर्ने भनेकोमा राष्ट्रपति सी नभए प्रधानमन्त्री खछ्याङ आउन सक्ने सम्भावना समेत रहेको स्रोतले उल्लेख र्गयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया