Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ ।

मञ्चले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताले लोभ लालचमा हिन्दु राष्ट्र बिक्री गरेको आरोप लगाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय, धार्मिक संघ संस्था र जनताको बलमा हिन्दु राष्ट्र कायम गरिछाड्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले नेपाललाई हिन्दु राष्ट्र कायम गराउने विषयमा हिन्दुधर्मका महान गुरुहरु चार शंकराचार्यसहित धार्मिक गुरु र अभियन्ताहरु सहमत भइसकेको भन्दै यस विषयमा नेपालका राजनीतिक दलहरुले तत्कालै नसोचे ठूलो आन्दोलनमार्फत हिन्दु राष्ट्र पुनःस्थापना गरिछाड्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा जगतगुरु शंकारचार्य अनन्त श्रीविभुषित स्वामी नरेन्द्रानन्द सरस्वती, अखिल भारतीय अखाडा परिषद श्री १०८ महन्त नरेन्द्र गिरी, माँ नर्मदा अन्नक्षेत्र भागवत परामार्थिक लोक सेवा ट्रष्ट, अखिल भारतीय चाणक्य परिषद, वल्र्ड पिस कम्पाईजिन, नर्मदा परिक्रमा पर्याबरण संरक्षण संगठन लगायतका भारतीय धार्मिक संस्थाको समर्थन पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो ।

जसमा नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउन सबै खाले सहयोग गर्ने प्रतिबद्धतासहित नेपालमा चलाइने अभियानमा समर्थन ब्यक्त गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया