Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

JMEटोकियो – जापानबाट नेपाल लगायत बिभिन्न मुलुकहरुमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जापान मनि एक्सप्रेस कम्पनी लि. (JME) ले छैठौ वर्षमा प्रवेश गरेको उपलक्षमा बिभिन्न उपहारहरु भएको बिशेष भौचर बजारमा ल्याएको छ ।

’हामीबाटै पठाउँ, हामीबाटै पाउँ’ भन्ने मुल नाराका साथ नेपालीहरूद्वारा नेपालीहरुकै लागि सञ्चालन गरेको जेएमईले आफ्नो प्रधान कार्यालय टोकियोको मेगुरोबाट शिनओकुबोमा सरेको जानकारी गराउँदै बिभिन्न उपहार योजना भएको भौचर बजारमा ल्याएको जनाएको हो ।

हालसालै सरेको शिनओकुबोस्थित कार्यालयमा आई उपहार भौचर प्राप्त गर्न जेएमईले आफ्ना सेवाग्राहीमा अपिल गरेको छ । उपहार भौचरमा बिशेष सहुलियतमा पैसा पठाउन पाईने, नेपाली रेष्टुरेन्टहरुमा खानपिन गर्दा, हलाल फुड तथा ग्रसरी पसलमा किनमेल गर्दा, नेपाल लगायत अन्य मुलुकको हवाई टिकट खरिद गर्दा बिशेष छुट पाइने, एनआइटीभीका उत्पादनहरु इन्टर्नेट डाटा प्याकेज, मोबाइल फोन, लाइभ टिभी च्यानल लगायतका सेवाहरु भएको भौचर बजारमा ल्याएको जेएमईले जनाएको हो ।
JME 1
जेएमई नेपाल राष्ट्र बैंक र जापान सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त नेपालीहरुको पहिलो रेमिट्यान्स कम्पनी भएको दावी गर्दै जेएमईका अध्यक्ष ओम गुरुङले भने – ’तपाईहरुकै अपार माया र सद्भाव पाएरै आजको अवस्थामा आउन सफल भएका छौं । हाम्रो कम्पनीले आजको दिनमा नेपालको अधिकांश प्रमुख बैंकहरुसंग सहकार्य गर्दै मुलुकभर ५ हजार भन्दा बढि एजेन्टहरुमार्फत बिप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।’

जेएमईले अन्तर्राष्ट्रिय रेमिट्यान्स भित्र्याउने मात्र नभई आफ्नो सञ्जाल बिस्तार गरी आन्तरिक रेमिट्यान्स र बहुउद्देश्यीय सहकारी संस्था समेत सुरु गरिसकेको अध्यक्ष गुरुङले समुद्रपारिलाई बताए ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया