Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत स्वास्थ्य मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गरी पठाइएको, अस्पतालमा औषधि र उपकारणको अभाव हुन दिन मन्त्रालय सचेत रहेको बताउनु भयो ।

मन्त्री चौधरीले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन सुरु गरिएको, अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको, थारु जातिमा देखिएको ‘सिकललेस’ रोग नियन्त्रण गर्न ध्यान दिइएको, सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम तीन वर्ष्भित्रमा सबै जिल्लामा लागू गरिने उल्लेख गर्नु भयो ।

मिर्गाैलाका बिरामीलाई निःशुल्क डायलोसिस सेवा दिने, यसै आर्थिक वर्षदेखि बोनमेरो ट्रान्सप्लान्ट सेवा सुरु गर्न लागिएको, वीर अस्पताललाई केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नक्कली चिकित्सकमाथि छानबिन गर्ने क्रम जारी रहेको मन्त्री चौधरीले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया