Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौ – व्यवस्थापिका संसद्को आजको बैठकको शून्य समयमा सांसदले मुलुकका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीका कारण आसपासका मानिस प्रभावित भएकोगोरखा, प्यूठानका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँहरुले बाँकेको सिक्टा सिंचाइ नहर भत्किँएको घटनाको छानबिन गर्न पनि माग गर्नुभयो । तत्पश्चात सभामुख ओनसरी घर्ती मगरले जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सांसदहरुले उठाउँदै आएको सन्दर्भमा सदनमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

केही सांसदले तराई–मधेस केन्द्रित दललाई अनशन छाडेर संसद्मै सङ्घर्ष गर्न र वार्तामा आउन आग्रह गर्नुभएको थियो भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदीय जिम्मेवारी पूरा नसक्ने बताउनुभयो ।

केही सांसदले विदेश जाने मन्त्रीले आफूखसी मान्छे लगेको, सांसदहरु पनि त्यस्तोमा मुछिएको बारे छानबिन हुनुपर्ने माग गर्नुभयो । सांसदहरु अतृमतकुमार बोहरा, मोहनबहादुर बस्नेत, कृष्ण धिताल, परशुराम तामाङ, कमला विश्वकर्मा, डिल्लीप्रसाद काफ्ले, दुर्गा पौडेल, हरिचरण साह, चीनकाजी श्रेष्ठ, प्रकाश ज्वाला, बुँदराम थापा, रामहरि खतिवडा, कृष्णभक्त पोखरेलले शून्य समयमा भाग लिनुभएको छ ।

बैठकमा अहिले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम प्रारम्भ भएको छ ।

तपाईको प्रतिक्रिया