काठमाडौं – सुनको भाउ बुधबार तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको १० गते यूरोपियन यूनियन इयुबाट बेलायत छुट्टिने भएपछि एकैदिन तोलाको तीन हजार रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो ।
तर यो हप्ताको सुरुदेखि नै सुनको भाउ फेरि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेपछि नेपालमा पनि महँगो भएको महासंघले जनाएको छ ।
सुनको भाउ बढेपछि कारोबार निकै प्रभावित भएको सुन व्यापारीले बताएका छन् । भाउ बढेपछि बेच्ने धेरै भएका उनीहरुको भनाई छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार असार २२, २०७३
प्रकाशित समय: १६:३५:५०