Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ ।
बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापालले भन्नुभयो, “ विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएको छैनन् ।” तर उहाँले दुई देशकाबीचमा कुनकुन कुरा उठेको थियो खुलाउन चाहनु भएन । नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबारदेखि यहाँ सुरु भई आज सकिएको हो । बैठक सकिनासाथ दुवै देशका समूहका आठ सदस्य ‘यु’ आकारमा बसी सञ्चारकर्मीसित हँसिलो मुद्रामा प्रस्तुत भएका थिए ।
सुरुमै संयोजक डा थापाले नेपाल–भारतबीचमा समूह अलगअलग होइन, समूहमा रहनुभएका सदस्यका समान हैसियत भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकले समूहको अर्को बैठक तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बस्ने निर्णयसमेत गरेको छ । समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको डा थापाले जानकारी दिनुभयो । समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने रहेको बताइएको छ ।
सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन हामी बीचमा सौहाद्रपूर्ण रुपमा छलफल भयो ।” संयोजक डा थापाले बैठकमा दुवै देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन एकमतका साथ काम गरी सम्बन्धको नयाँ खोजी गर्न समूहमा छलफल भएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया