Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

पर्सा – शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतको १ नम्बर बेन्चका माननीय न्यायाधीश महम्मद जुनैद आजातको इजलासले सोमबार चिकित्सकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका नौजनामध्ये आठजनालाई प्रहरीले पर्सा जिल्ला अदालतमा उपस्थित गराएकोमा आठजना चिकित्सकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । doctor

अदालतले डा महम्मद रुहुल्लासँग रु ३५ लाख, डा रामकुमार प्रधानसँग रु सात लाख ७५ हजार, डा दिनेशकुमार साह तेलीसँग रु १८ लाख, डा कुशराज गिरीसँग रु चार लाख, डा इश्रादुल हकसँग रु तीन लाख ७५ हजार, डा पन्नालाल पटेलसँग रु १५ लाख, डा निमेश रमन पालसँग रु दुई लाख र डा सरोजकुमार सिंहसँग रु १० लाख बिगो बराबरको धरौटी माग गरेको बताउनुभयो ।

मुलुकी ऐन ११८ बमोजिम अदालतले चिकित्सकसँग धरौटी माग गरेको सूचना अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले धरौटीमा रिहा गरेको चिकित्सकले सेवा दिन पाउने कि नपाउने भन्नेबारे नेपाल मेडिकल काउन्सिलले निर्णय गर्ने बताउनुभयो ।

सिआइवीको टोलीले वीरगन्जबाट नियनत्रणमा लिएका नौ जनामध्ये आठ जनालाई पर्सा जिल्ला अदालत र एक जनालाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया