Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस ग्रुपले सुरु गरेको सिटी ट्राभल एण्ड टुर्सको शनिवार एक समारोहका बिच टोकियोमा उदघाटन गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल र जापान बीच हवाई टिकट तथा टुर्स प्याकेज उपलब्ध गराउने उदेश्यसहित सुरु भएको सिटी ट्राभल एण्ड टुर्सका कार्यकारी प्रमुख महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, नेपाली दूतावासका द्वितीय सचिव टोपनारायण गिरी र एसवीआई रेमिटका बिजनेश डिपार्टमेन्ट प्रमुख सुसुमी फुकुसिमाले रिबन काटेर संयुक्तरुपमा उदघाटन गर्नुभयो ।

जलविद्युत, बैंकिङ, रेमिट्यान्स लगायतका क्षेत्रमा लगानी गर्दै आएको सिटी ग्रुपले पर्यटन क्षेत्रमा पनि सेवा बिस्तार गरेको हो । नेपालको आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार पर्यटन क्षेत्र भएको भन्दै अध्यक्ष श्रेष्ठले जापानबाट नेपालमा सक्दो पर्यटक भित्र्याउन र नेपालीभाषी सेवाग्राहीहरुलाई सहजरुपमा हवाईटिकट उपलब्ध गराउने उद्देश्यले सिटी ट्राभल एण्ड टुर्सको सुरु गरिएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै एनआरएनए आइसीसीका उपाध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको बिकासमा सिटी ट्राभलले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली दूतावासका टोपनारायण गिरी, एनआरएनए आईसीसीका सदस्यहरु ओम गुरुङ र भूषण घिमिरे, एनआरएन जापनका अध्यक्ष सुदन थापा, एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, एभरेष्ट इन्टर्नेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष नरबहादुर थापा लगायतले सिटी ट्राभलको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा भएको सो कार्यक्रममा टोकियो रोधी क्लव र नमस्ते गजलका कलाकारहरुको साँगीतिक प्रस्तुतीहरु पनि रहेको थियो । ***

तपाईको प्रतिक्रिया