Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

prabasi manch

टोकियो – नेपालमा राजनीतिक अस्थिरताका बीच पनि लगानी गर्ने वातावरण रहेको भन्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गर्नको लागि युवा संघ नेपालको केन्द्रिय विदेश विभाग प्रमुख सन्तोष रावलले आग्रह गर्नुभयो ।
प्रवासी नेपाली मञ्च, जापानले योकोहामामा आयोजना गरेको कार्यक्रममा बोल्दै रावलले विभिन्न बाधा र अबरोधकोबीच देशको विकास तीव्र रुपमा भएको बताउनु भयो । उहाँले देशमै लगानी गर्न सके कोहीपनि विदेश जान नपर्ने समेत दाबी गर्नुभयो । एमालेले २९ हजार घर, टहरा बनाएको बताउँदै ओली सरकारले बोलेको कुरा सफल हुँदै गएको उहाँको भनाइ थियो । मुस्ताङमा हावाबाट निकालेको विजुलीको केही समय पछि उद्घाटन हुने भन्दै सरकारले अब विकासका काम तिव्र रुपमा अघि बढाएको बताउनु भयो । अहिले सरकार परिवर्तन हल्ला मात्र भएको बताउँदै रावलले सयम आएपछि माओवादी, काँग्रेसलगायत सबै दललाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनु भयो । लाईन्स क्लबको एक कार्यक्रममा रावल जापान आउनु भएको थियो ।

prabasi manch.
मञ्चले राखेको सम्मान कार्यक्रममा युवा संघको सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख सन्तोष रावल, एमाले म्याग्दीको नेता तथा व्यवसायी सरोज बानिया, नविना थापालगायतलाई खादा लगाएर सम्मान गरेको यियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका उपाध्यक्ष मोहन रायमाझी, सचिव राजेन्द्र श्रेष्ठ, सदस्य सिद्धार्थ श्रेष्ठ, अशोक पुरी, प्रवासी नेपाली मञ्च कान्तो कमिटीका अध्यक्ष देविलाल भण्डारी, सचिव बुद्धिराज घिमिरेलगायत एमालेका नेता कार्यकर्ताको सहभागि रहेको थियो । प्रवासी नेपाली मञ्च, जापानका अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा भएको सो कार्यक्रम मञ्चका महासचिव कुलचन्द्र खरेलले गर्नु भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया