Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

बैतडी – गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरोबाट दार्चुलामा २९ घर पूर्णरुपले क्षति भएका छन् भने २५ घर जोखिममा परेको जनाइएको छ ।
पूर्ण क्षति भएका परिवार तथा जोखिममा रहेका विस्थापित परिवार आफन्तको घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार रातिको अविरल वर्षाले दुई विद्यालय पनि पूर्णरुपमा क्षति भएका छन् । विद्यालय पूर्णरुपमा भत्किँदा पठनपाठन पनि बन्द भएको बताइएको छ । यस्तै एउटा मन्दिर पनि पूर्णरुपमा भत्किएको छ ।

बाढी पहिरोमा परी ५७ पशु चौपाया मरेको जनाइएको छ । पहिरोमा परी से १ ज ३१२ नम्बरको जिपसमेत पूर्णरुपले क्षतिग्रस्त भएको छ । यस्तै भारतसँग सीमा जोडिएको जौैलजीवी प्रहरी चौकी र सीमा प्रहरी चौकी लालीसमेत पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । बाढी, पहिरोले जिल्लाका विभिन्न स्थानमा पानीका मुहान पुरिँदा खानेपानीको समेत समस्या भएको छ । प्रहरी नायब उपरीक्षक राठौरले जिल्लाका अन्य ठाउँमा पनि बाढी, पहिरो गएकाले विस्थापितको सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।

प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ उहाँले भन्नुभयो “सबै ठाउँको तथ्याङ्क आउन बाँकी छ ।” पहिरोबाट विस्थापित परिवारको उद्धारका लागि तथा जोखिमपूर्ण बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यस्तै बाढी पहिरोले अवरुद्ध गोकुलेश्वर–दार्चुला सडकखण्डको अवरोध हटाउने कार्य भइरहेको छ । गोकुलेश्वरबाट सडक डिभिजन पाटन बैतडीको डोजर आएको छ र शङ्करपुर बस्तीसम्म सडक खुलाइएको छ ।

अपि नगरपालिकाको काँकडामा पनि पहिरोले बगाएको पुलको ठाउँमा डाइभर्सन बनाएर सडक सुचारु भएको प्रनाउ राठौरले जानकारी दिनुभयो । गत बिहीबारदेखि परेको वर्षापछि आएको पहिरोमा पुरिएर जिल्लामा दुई जनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार मालिकार्जुन–८ मा घरमा पुरिएर २५ वर्षीया वसन्ती धामी र सर्मोली–२ का ७० वर्षका चन्द्रदेव पन्तको मृत्यु भइसकेको छ भने अपि नगरपालिका–१७ धापकी भागरथी महर अझै बेपत्ता छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया