Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

बैतडी – बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन् ।

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द १८ दिनदेखि बेपत्ता भएका छन् । असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिनुभयो ।

असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो उहाँले भन्नुभयो “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।” भारततिर गयो भन्ने सुनेका छौँ उहाँले दुखेसो पोख्नुभयो “कतै दलालको हातमा प¥यो कि भन्ने चिन्ता लागेको छ ।” बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले बताउनु भयो ।

गहँुगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताउनुभयो ।
बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया