Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – भारत वा तेस्रो मुलुकसँग गरिने सन्धिले दुबै मुलुकमा समान फाइदा पुग्नेगरी सन्धि गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन्धि सम्झौताको पुनरावलोकन सम्बन्धी नेपाल–भारत उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा राष्ट्रिय सरोकारमञ्च नेपालद्वारा आज काठमाडाैँमा अायाेजित कार्यक्रममा बाेल्दै सीमाविद् वुद्धिनारायण श्रेष्ठले सुगौली सन्धिले भारतलाई मात्र फाइदा पुग्नेगरी काम गरेको बताउनु भयाे । उहाले एकतर्फी फाइदाका लागि गरिएकाे यो सन्धि पुनरावलोकन नभए खारेज हुनुपर्ने पनि माग गर्नुभयो ।

सीमाविद् श्रेष्ठले दुई देशबीच भएको खुला सीमा र सुरक्षासम्बन्धी सीमाञ्चल क्षेत्रीय भौतिक संरचना निर्माण सम्बन्धी सन्धिसम्झौता हुनु आवश्यक रहेको बताउनुभयो । नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुुर क्षेत्रीले नेपाल–भारत सिमानालाई खुला राख्नुभन्दा व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सिमानासम्बन्धी नयाँ कानुन आवश्यक रहेको औँल्याउनुभयो ।

इतिहासविद् चेतेन्द्रजङ्ग हिमालीले सन्धि गर्नुभन्दा पनि लागू गर्न कठिन भएको स्पष्ट पार्नुभयो । उहाँले सन्धि सम्झौताले नेपाललाई फाइदा हुने र समृद्धि ल्याउने खालको हुनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय कानुनविद् डा. गोपाल शिवाकोटी ‘चिन्तन’ले सन्धि सम्झौताले देशलाई हित गर्नुपर्दछ तर हामी सन्धि सम्झौतापीडित नागरिक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया