Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
इराकको राजधानी बग्दादको व्यस्त बजारमा आज भएको विस्फोटमा मारिने ७९ मध्ये अधिकांश बालबालिका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सयौँ व्यक्ति गम्भीर घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको सभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । “अफगानिस्तान, टर्की र बङ्गलादेशमा आतङ्ककारीले अमानवीय तवरले धेरै व्यक्तिको हत्या गरेको घटना सेलाउन नपाउँदै इराकको आक्रमणले विश्वलाई फेरि शोकविह्वल बनाएको छ, विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका घटनाको काँग्रेस निन्दा र भत्र्सना गर्दछ”–वक्तव्यमा सभापति देउवाले भन्नुभएको छ ।

हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काँग्रेसको स्पष्ट धारणा रहेको उहाँको भनाइ छ । दुःखद् क्षणमा इराक सरकारमार्फत् पार्टीका तर्फबाट सहानुभूति प्रकट गर्दै सभापति देउवाले धैर्यताका साथ अघि बढ्न इराकी जनतालाई आग्रह गर्नुभएको छ । उहाँले वक्तव्यमा दिवङ्गत आत्माको चीर शान्ति, परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया