Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – पूर्वमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ । मानन्धरको हृदयघातका कारण आज बिहान १० बजेर ४५ मिनेटमा निधन भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यान्सरले समेत थलिएका मानन्धरको दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा उपचार गरिएको थियो। योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मानन्धर अहिले संघीय समाजवादी फोरमको सल्लाहकार समिति प्रमुख हुनुहुन्थयो ।

६२–६३ को जनआन्दोलनपछि बनेको सरकारमा मानन्धर शिक्षामन्त्री बन्नुभएको थियो । मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले अमेरिकाको ओक्लहोमा विश्वविद्यालयबाट भूगोलमै विद्यावारिधि गरेका छन्।

मानन्धर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस भूगोल विभाग प्रमुख पनि हुनुभएको थियो । २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकारमा उहाँ योजना आयोगको उपाध्यक्ष हुनुभएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन्। उहाँको भोलि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया