Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सरकारी कर्मचारीको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।सरकारी कर्मचारीहरुलाई जापानमा नै स्नातकोत्तर तह अध्ययन गर्न पाँच वर्षका लागि जापानले ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थ मन्त्रालय र जापानी दूतावासबीच शुक्रबार अनुदान सम्बन्धी सम्झौता भएको छ । अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार जापानी सहयोगमा एक सय जना सरकारी कर्मचारीहरुले आर्थिक नीति, अन्र्तराष्ट्रिय सम्बन्ध, औद्योगिक विकास नीति तथा कानूनी र न्यायिक प्रणाली विषयमा अध्ययनको अवसर पाउने छन्।

अनुदानको रकम एक कर्मचारीका लागि ३० लाख ६० हजार १ सय ८० रुपैयाँका दरले खर्च हुने छ । छात्रवृत्ति, हवाइ भाडा र जापानमा बस्दा लाग्ने सबै खर्च अनुदान रकममा समावेश गरिएको जापानी दूतावासले जनाएको छ । जापानले मानव स्रोत विकास छात्रवृत्ति परियोजना अन्तर्गत नेपाललाई छात्रवृत्ति दिने भएको हो।

कर्मचारीका लागि जापानबाट छात्रवृत्ति पाउने नेपाल १५ औं मुलुक हो। जापानले १६ वर्ष पहिले उज्वेकिस्तान र लाओसलाई यो छात्रवृत्ति उपलब्ध गराएको थियो ।
जापानले दिएको अनुदानबाट हरेक वर्ष २० जना कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया