Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ _ राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ ।

समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले काठमाडौँका चार हजार ८६ घरधुरीमा गरेको अध्ययनअनुसार ४४ प्रतिशत बालश्रमिकले पढाइ पूरा गर्नकै लागि आफूहरु तत्काल घर फर्किन नचाहेको बताएका थिए । बाँकी २४ प्रतिशतले त घर फर्केमा राम्रो शिक्षा नपाइने हुनाले बालश्रमिक नै भइरहनुपरेको स्पष्टीकरण दिएको अध्ययनले देखाएको छ ।

अध्ययनमा समेटिएका घरेलु बालश्रमिकमध्ये ४५ प्रतिशतले पढ्नका लागि शैक्षिक सहयोग भयो भने आफूहरु घर फर्किन सक्ने बताएको सिविसका कार्यक्रम संयोजक युवराज घिमिरेले जानकारी दिनुभयो । त्यस्ता बालश्रमिकलाई आफ्नै घरमा राम्रो अध्ययनको व्यवस्था गर्नका लागि उनीहरुका बाबुआमालाई रोजगारी तथा आयआर्जनको व्यवस्था गरी अनिवार्य शिक्षा लागू गर्नुपर्ने ठान्नुहुन्छ बालअधिकारकर्मी शान्ति अधिकारी ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

“सबैभन्दा पहिला हरेक बालश्रमिकलाई उनीहरुको आफ्नै घरमा पुनःस्थापना गर्नुपर्यो, अनि बाबुआमालाई आम्दानीको बाटो जुटाइदिएर अनिवार्य रुपमा विद्यालय पठाउन लगाउनुपर्यो” – अधिकारीले भन्नुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी भने उनीहरुलाई घर फर्किनेगरी शिक्षा दीक्षाको व्यवस्थाका लागि सरकारले तत्काल कार्यक्रमहरु बनाउनुपर्ने बताउनुहुन्छ ।

त्यसका लागि श्रम मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग समन्वय गरेर शिक्षा मन्त्रालयले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । सिविसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ४७ प्रतिशत घरेलु बालश्रमिकले घर फर्किने इच्छा जाहेर गरेको उल्लेख छ । अध्ययनले सन् २०१६ मा काठमाडौँमा १२ हजार दुई सय ६५ घरेलु बालश्रमिक हुन सक्ने अनुमान गरिएको छ ।

तर शिक्षा मन्त्रालय भने राम्रो शिक्षा नपाएकै कारण बालबालिका घर छाडेर बालश्रमिक भएको कुरा सजिलै स्वीकार्न तयार छैन । “शिक्षा नपाएकै कारण उनीहरु बालश्रमिक हुनुपरेको हो भन्ने त मलाई लाग्दैन, यसका मुख्य कारणहरु अरु नै होलान्, तर साँच्चै त्यस्तो हो भने तिनीहरुलाई व्यवस्थापन गर्नै पर्दछ” – शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता हरि लम्साल भन्नुहुन्छ ।

उनीहरुलाई सम्बोधन गर्न सकिने कार्यक्रमहरु शिक्षा मन्त्रालयसँग पर्याप्त रहेको जानकारी दिँदै लम्सालले नयाँ तथ्य आएकाले छलफलको विषय भएको बताउनुभयो । अध्ययनले घरेलु बालश्रमिकमध्ये ३२ प्रतिशतलाई नातेदार र २८ प्रतिशतलाई आफ्नै आमाबाबुले घरेलु श्रमका लागि साहुको घरमा पठाउने गरेको देखाएको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिनुभयो ।

बालश्रमिक राख्नेहरूमध्ये सबैभन्दा धेरै २९ प्रतिशत व्यापारी रहेका छन् भने ८९ प्रतिशत घरेलु बालश्रमिकले भान्साको काम गर्ने गरेको अध्ययनले देखाएको छ । हरेक वर्षको जुन १२ तारिखका दिन मनाउने गरिएको बालश्रमविरुद्धको विश्व दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । रासस

तपाईको प्रतिक्रिया