Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

इटहरी – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षाको केन्द्र बन्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका कुलपति समेत रहनुभएका ओलीले पूर्वाञ्चल विश्वविद्यालयको घाउ कहाँ छ र कहाँ दुखिरहेको छ त्यो मलाई थाहा छैन तर अब यो विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुनसरीको गोठगाउँ भने नेपाली शिक्षाको केन्द्र अर्थात् हब भने पक्कै बन्नेछ भन्ने ठोकुवा गर्नुभएको हो । बिहीबार साँझ अबेर प्रधानमन्त्रीको सम्मान एवम् स्वागतका लागि पूर्वाञ्चल विश्वविद्यालयले सुन्दरदुलारी नगरपालिकाको गोठगाउँ उत्तर केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदा सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आजभन्दा २१ वर्षअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय त्यसबखत विधानमा विराटनगर लेखिनु स्वाभाविक थियो भन्नुहुँदै उहाँले त्यतिखेर गोठगाउँमा विश्वविद्यालयको आफ्नो भौतिक संरचना निर्माण नभएकाले विराटनगरमा केन्द्रीय कार्यालय रहन गएकामा कुनै आश्चर्य मान्नु नपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब नेपालका कुनै पनि विश्वविद्यालयले शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गर्ने छैनन् भन्ने दाबी पनि गर्नुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया