Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

अमेरिका – कोपा अमेरिका फुटबल अमेरिकामा आजदेखि सुरु हुँदैछ । दक्षिण अमेरिकी राष्ट्रले खेल्ने कोपा अमेरिकामा १६ राष्ट्रले सहभागिता जनाउँदैछन् । शुक्रवारदेखि सुरु हुने कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र कोलम्बिया आमनेसामने हुँदैछन् ।
कोपा अमेरिकामा धेरै महंगा खेलाडीहरु यो महिनाभर अमेरिकामा हुनेछन् । रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने कोलम्बियाका जेम्स रोड्रिग्वेजदेखि बार्सिलोनाका स्टार खेलाडी अर्जे्न्टिनाका स्ट्राइकर लियोनल मेसीसम्मका खेलाडीहरु कोपा अमेरिका फुटबलमा प्रतिस्पर्धा गर्दैछन्।
सर्वा्धिक तलब थाप्नेमा ब्राजिलका नेमार पनि पर्दछन् तर उनीले कोपा अमेरिकामा यसपटक सहभागीता जनाउन पाउने छैनन्। त्यसैले उनलाई यो सूचीमा समेटिएको छैन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोपा अमेरिका खेल्न लागेका मध्ये सर्वा्धिक १० महंगा खेलाडीः

१. लियोनल मेसी
अर्जे्न्टिनाका कप्तान समेत रहेका स्टार खेलाडी लियोनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन्। उनले बार्सिलोनामा मासिक १२० मिलियन डलर तलब थाप्छन्। उनी कोपा अमेरिका खेल्ने सबैभन्दा महंगा खेलाडी हुन्।
 
२.लुइस स्वारेज
उरुग्वेका स्ट्राइकर लुइस स्वारेज पनि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। बार्सिलोना तथा उरुग्वेका भरपर्दा स्ट्राइकर स्वारेजले बार्सिलोनाबाट मासिक ९० मिलियन लडर तलब थाप्छन्।
 
३.जेम्स रोड्रिग्वेज
कोलम्बियाका खेलाडी जेम्स रोड्रिग्वेज स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनीले रियल मड्रिडबाट मासिक ७० मिलियन डलर तलब थाप्छन्।

४.सर्जियो अग्युरो
अर्जे्न्टिनी स्ट्राइकर सर्जियो अग्युरो इंग्लिश क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनीले सिटीबाट मासिक ६० मिलियन डलर तलब थाप्छन्।

५.गोन्जालो हिगुइन
अर्जे्न्टिनी स्ट्राइकर गोन्जालो हिगुइन इटालियन क्लब नेपोलीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले नेपोलीबाट मासिक ६० मिलियन डलर तलब थाप्छन्।

६. एन्जल डि मारिया
अर्जे्न्टिनी स्ट्राइकर एन्जल डि मारिया फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले पीएसजीबाट मासिक ६० मिलियन डलर नै तलब थाप्छन्।

७.एलेक्स सान्चेज
चिलीका स्ट्राइकर एलेक्स सान्चेज इंग्लिश क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनले आर्सनलबाट मासिक ५५ मिलियन डलर तलब थाप्छन्।

८.इडिन्सन काभानी
उरुग्वेका इडिन्सन काभानी फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले पीएसजीबाट मासिक ४० मिलियन डलर तलब पाउँछन्।

९.अटुरो भिडाल

चिलीका भिडाल जर्मन क्लब वार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्छन्। उनले वार्यन म्युनिखबाट मासिक ३७ मिलियन डलर तलब पाउँछन्।

१०. हल्क
ब्राजिलका हल्क रसियन क्लब एफसी जेनिथबाट व्यवसायिक फुटबल खेल्छन्। उनले मासिक तलब ३७ मिलियन डलर नै थाप्छन्।

तपाईको प्रतिक्रिया