Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – शिखा पुस्तक प्रकाशनले हरि अधिकारीले लेख्नुभएको ‘प्रतिनायक’ शीर्षकको कथासंग्रह बजारमा ल्याएको छ ।पुस्तकमा समाजमा चलिरहेको बेथितिलाई प्रहार गर्नाका साथै हिमालपारि, तराईको उब्जनीय फाँट तथा समकालीन मानवीय जीवनका सजीव चित्रणयुक्त १५ कथा समेटिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यहाँ आज आयोजित कार्यक्रममा सो प्रकाशनका अध्यक्ष पुष्पराज पौडेलले पुस्तक प्रकाशनमा ठूलो लगानी गर्ने प्रकाशकको महत्वपूर्ण भूमिकाबाट नै पाठकले पुस्तक पढ्ने अवसर पाउने बताउनुभयो ।समालोचक मोहनराज शर्माले कुनै पनि पुस्तक पाठकको हातसम्म पुग्न लेखकले चलाउने स्तरीय कलममा निर्भर रहन्छ भन्दै विदेशी पुस्तक तथा टेलिसिरियल माझ नेपाली पुस्तकको बजार विस्तार चुनौतीपूर्ण रहेकाले लेखकहरुले थप मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

पत्रकार नारायण वाग्लेले पुस्तकको प्रकाशनबाट नेपाली साहित्य भण्डारमा एउटा इँटा थपिएको बताउँदै कृति गौरव गर्नलायक छ भन्नुभयो ।लेखक तथा पत्रकार हरि अधिकारीले आफू पुस्तक लेख्ने कलाको सिकाइमा रहेको र अब आफू पूर्वकालीन लेखक हुने प्रक्रियामा रहेको बताउनुभयो ।

यसअघि लेखक अधिकारीका ‘रामलालको आकाश’ कथासंग्रह, ‘एक्लो नायक’ उपन्यास, ‘हरि अधिकारीका कविता’, ‘संसद्मा एक दिन’ तथा ‘गार्मेन्टकी गायत्री’ कवितासंग्रह प्रकाशन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया