Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – योग्यता क्षमता र सीपअनुसार स्वदेशमै रोजगारीको सुनिश्चितताको माग गर्दै खुलामञ्चमा आमरण अनशन बसेका युवाको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ ।
नौ दिनदेखि आमरण बसेका १५ जना युवायुवतीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको हो । वैशाख १५ गतेबाट विभिन्न जिल्लाका युवायुवतीले रोजगारीका लागि सामूहिक आमरण भन्दै अनशन बस्दै आएका छन् । ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ भन्ने मूल नाराका साथ युवाले स्वदेशमै रोजगारको सुनिश्चित गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् ।

नौ दिनसम्म केही नखाई लगातार आमरण अनशनमा बसेकाको स्वास्थ्यस्थित नाजुक बन्दै गएको अभियानका अभियन्ता केपी भुसालले जानकारी गराउनुभयो । चार जना युवती र ११ जना युवा अनशनमा बसेका छन् । उहाँले आमरणमा अनशनमा बस्दा सरकारको तर्फबाट केही भेट्न नआएको गुनासो गर्नुभयो । ‘अनशनमा बसेकाको स्वास्थ्यस्थित नाजुक बन्दै गएको छ’– उहाँले भन्नुभयो– ‘तर हाम्रा मागबारे सुनुवाइ गर्न कोही सरकारको तर्फबाट आउनुभएको छैन ।’

रोजगारी दिन नसके शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत ऋण दिनुपर्ने, रोजगार दिन नसकेका युवालाई परिचयपत्रसहित बाँच्न सक्नेगरी सामाजिक सुरक्षा भत्ता दिनुपर्ने, स्वदेशी वस्तुको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रियस्तरका खेलाडी र कलाकारको विशेष व्यवस्था हुनुपर्ने, बन्द हडताल चक्काजाम र तालाबन्दी उद्योग कलकारखानामा प्रतिबन्ध लगाउनुपर्नेलगायतका छ बुंदे माग राख्दै अनशनमा बसेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया