Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु १

ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बँगैचामा वसन्त नआउनू भन्छ
मेरो घरका झ्याल—ढोकाबाट
हावा नपस्नू भन्छ
मेरा आँगनका फूलले नमग्मगाउनू भन्छ ।

मेरो बाल—बचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ ।
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र प।।।।।रबाट बाटो हिँड्ने जोकोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ ।
कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घरअगाडिको चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फूलहरू फुलेको
कुलाको पानी मेरो गैरी खेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो वर्षात् किन मेरो घरको छानो भत्काउँदैन रु
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन रु
आगो किन यसरी अँगेनामा चुपचाम छ रु
किन झिल्को जूनकीरीजस्तो माथिमाथि उड्दैन रु
किन केही जलाउँदैन रु

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्
मेरा ओठबाट
मुस्कान उडेर बालुवामा गै खसोस् भन्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु १

यत्रो दुनियाँमा ऊबाहेकको अरू
मेरो साथी—सगोत्री, आफ्नो—अर्को
ठूलो—सानो, परिचित—अपरिचित
यौटै कतै कोही छैन
जसलो आफ्नै रहर र सपना भुलेर
घाम—पानी,
फूल, जून र चराहरू भुलेर
मबारे यतिबिघ्न सोचोस्
मलाई यतिबिघ्न सम्झोस् ।

दुस्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ
म उसलाई फूलजत्तिकै मन पराउँछु !

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया