Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

Sahittye-Samajटोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको भोलि आइतवार बिशेष साहित्यिक कार्यक्रमसहित टोकियोमा ३५ औं साहित्यिक शृङ्खला हुने भएको छ ।
विष्णुप्रसाद घिमिरेको नेतृत्वमा हालैमा गठित नवौं कार्यसमितिको पहिलो कार्यक्रमकारुपमा हुन गईरहेको ३५ औं साहित्यिक शृङ्खलाको सबै तैयारी पुरा भएको अध्यक्ष घिमिरेले समुद्रपारिलाई बताउनुभयो ।

कार्यक्रम टोकियो शिनओकुबोस्थित सोलमारीमा अपरान्ह २ बजेदेखि हुने बताईएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित हुन गईरहेको साहित्यिक शृङ्खलामा सर्जकहरुले आ-आफ्ना सिर्जना वाचन गर्ने छन् भने आगामी मार्चको पहिलो साता अष्ट्रेलियामा हुन गईरहेका अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनमा जापानबाट हुने सहभागिताका बिषयमा छलफल गरिने बताईएको छ । आगामी मार्च ४ देखि ६ सम्म सिड्नीको एस्पायर होटलमा बिश्व काब्य गोष्ठिसहित दोस्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन हुन गईरहेको र उक्त सम्मेलनमा जापानबाट पनि उत्साहजनक सहभागी भईदिन केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल माईलाले अपिल गर्नुभएको छ ।

उपाध्यक्ष माईलाका अनुसार केन्द्रिय अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा उच्चस्तरिय सम्मेलन आयोजक समिति र बिभिन्न उपसमितिहरु गठन गरी तैयारीलाई तिब्र पारिएको छ । एनआरएन अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुने सो सम्मेलनमा नेपालबाट अतिथि साहित्यकारहरु सहित बिश्वभरिका अनेसास च्याप्टरहरुबाट सहभागिता रहने बताईएको छ । स्मरण रहोस् प्रथम सम्मेलन दुई बर्ष अघि न्यूयोर्कमा भएको थियो ।

अनेसास जापान च्याप्टरले विगत लामो समयदेखि हरेक तीन महिनामा निरन्तर गर्दै आईरहेको साहित्यिक शृङ्खला कार्यक्रम आफैमा सह्रानीय कार्यक्रम  हो । यसले जापानमा रहेका साहित्यिक मनहरुलाई एउटै मालामा गाँस्ने काम गर्दै आईरहेको छ । यद्यपि शृङ्खलालाई थप परिष्कृत र प्रभावकारी बनाउन भने जरुरी रहेको जानकारहरु बताउँछन् । साहित्यिक समारोहको पवित्र गरिमालाई पनि मनन गर्दै वाचन गरिने सिर्जनाको स्तरियतालाई पनि ध्यान दिईनुपर्ने, वाचन गरिएका सिर्जनाहरुको मुल्याङ्कन, प्रकाशन वा अभिलेखिकरणको परिपाटी बसालिनुपर्ने, अति ब्यस्तताको समय खर्चेर समारोहमा उपस्थित हुने सहभागीहरुलाई शृङ्खलामा सहभागी भएर फर्कदा सन्तुष्टीको अनुभूत गराउन आयोजक पक्षको ध्यान जानुपर्ने जस्ता सुझावहरु शृङ्खलाका नियमित सहभागीहरुले बताउने गरेका छन ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया