Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

जापानका लागि नेपाली राजदूतको कूर्सी अहिले खाली छ । आफ्नो चार वर्षे कार्यकाल पुरा गरी डा. मदनकुमार भट्टराई स्वदेश फर्किसकेका छन् । हरेक हिसाबले नेपालका लागि जापान जस्तो महत्वपूर्ण सहयोगी राष्ट्रमा नेपाली राजदूत लामो समयसम्म रिक्त रहनु कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिदैंन । निवर्तमान राजदूत डा. भट्टराईको कार्यकाल २०१५ को डिसेम्बर महिनामा समाप्त हुने बारेमा परराष्ट्र मन्त्रालय अवश्य अनभिज्ञ थिएनहोला । यद्यपि अर्को नयाँ राजदूतको समयमै नियुक्तिबारे समयमै गृहकाय हुन नसक्नु विडम्बनाको कुरो हो ।

हरेक हिसाबले अब आउने नयाँ राजदूतको काँधमा महत्वपूर्ण जिम्मेवारी र चुनौतीका चाङहरु छन् । नेपाल जापान सम्बन्धको ६० औं वर्ष गांठका अवसरमा सन् २०१६ भरि दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने खालका उच्चस्तरिय भ्रमण तथा कार्यक्रमहरु हुने भएका छन् । त्यसका लागि जस अपजस पनि लिने गरी अबको नयाँ राजदूतले केन्द्रिय भूमिकामा रहेर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।
अर्कोतिर गत बैशाखको महाभूकम्पले क्षतविक्षत बनाएको नेपालको पुनःनिर्माणमा सबैभन्दा बलियो साझेदारी बन्न सक्ने र बन्ने ईच्छा ब्यक्त गरेको मुलुक जापानसंगको कूटनीतिक सम्बन्धलाई परिवर्तित सन्दर्भमा थप नयाँ उचाईमा पुर्‍याउन अपरिहार्य छ भने तिब्र गतिमा बढ्दो जापान आउने नेपालीको संख्यासंगै त्यसरी नै बढ्दो नेपालीका विविध समस्याहरुलाई सम्बोधन गर्न दूतावासलाई थप नेपालीमैत्री बनाउन पनि जरुरी छ । बिगत एकाध वर्षदेखि नेपालीहरुको बृद्धिक्रमलाई हेर्दा अबको केही वर्ष भित्रै नेपालीको संख्या लाख पुग्ने संभावना छ । यो बृद्धिसंगै नेपालीका लागि जापानमा नयाँ संभावना र अवसरका ढोकाहरु पहिल्याउनुपर्ने थप चुनौती छ ।

अर्कोतिर सन् २०२० मा हुन गईरहेको टोकियो ओलम्पिक र यससंग सम्बन्धित भौतिक संरचना तथा अन्य निर्माणसंभारका लागि दक्ष, अर्धदक्ष र अदक्ष गरी ठूलो संख्याका कामदारहरु जापानलाई आवश्यक परिरहेको अवस्था छ भने उता ठूलो संख्याका बेरोजगार नेपाली युवाहरु मासिक केही हजार कमाउन दैनिक सरदर दुई हजारको संख्यामा युवाहरु बिदेश जाने गरेको सन्दर्भमा जापानको श्रमबजारमा नेपाली जनशक्ति भित्र्याउन जापान सरकारसंग नयाँ शिराबाट पहल गरिनुपर्ने देखिन्छ ।

जापानको श्रमबजारमा लामो इतिहास र मिहिनेतबाट बनेको नेपालीको इमान्दारिता र परिश्रमीको छबिलाई एकाध वर्षयता शरणार्थीको हुरीले ध्वस्त बनाएको अवस्था छ । जापान सरकारलाई पनि घामजस्तै छर्लङ्गै भएको बिषय हो कि नेपालमा अहिले जिउधनकै सुरक्षा नहुने हदको न त कुनै गृहयुद्ध छ न त अरु कुनै कलह नै । तर क्षणिक लाभका कारण शरणार्थीमा जाने नेपालीहरुको संख्या उच्च भईदिंदा राष्ट्रकै छबि धुमिल हुन पुगेको छ । यसतर्फ न त नेपाल सरकारको ध्यान जान सकेको देखिन्छ न त यहाँको दूतावासले कुनै चासो देखाएको पाईन्छ । नेपाल सरकारले चाहने हो भने आफ्ना नागरिकलाई बिदेशमा गएर के गर्न पाउने र के गर्न नपाउने भन्ने बारेमा उपयुक्त नीति लागू गर्न सक्दछ । आफ्ना निजी स्वार्थका लागि राष्ट्र र सारा नेपालीकै बदनाम हुने खालको गतिबिधि हुन नदिन र त्यस खालको वातावरणबाट टाढै राख्न यहाँस्थित दूतावासले पनि आवश्यक भूमिका निर्बाह गर्नुपर्दछ, आँखा चिम्लन मिल्दैन ।

जापानका लागि नयाँ राजदूत नियुक्तिको बिषयलाई लिएर पछिल्ला समयमा सामाजिक सञ्जाल लगायत मिडियामा बाक्लो चर्चापरिचर्चा भएपनि बाहिर आएको हल्लाजस्तै त्यति सहजै निर्णयको तहमा पुगिसकेको भने देखिदैन । हालसम्मको प्रचलन र इतिहासलाई हेर्दा शक्ति सन्तुलनको पहिलो हकदारमा रहेको एमालेले जापानका लागि राजदूत पठाउने लगभग निश्चितजस्तै भए पनि ब्यक्तिको नाम भने अझै किटान हुन नसकेको बुझिन्छ । ब्यक्ति जुन दल र शक्तिको निकटतम भए पनि अबको नयाँ सन्दर्भमा समयको मागअनुसारको जिम्मेवारीलाई कुशलतापूर्वक सम्हाल्न सक्ने सक्रिय राजदूतको खाँचो छ न कि रिटायर्ड जीवन आराम गर्न आउने । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया